सूचना
नयाँ वेबसाइट सञ्चालनमा आएको जानकारी
प्रविधि
२०८२/०२/१९
वेबसाइट
अरुणोदय माध्यमिक विद्यालयको वेबसाइट अब औपचारिक रूपमा सञ्चालनमा आएको छ भन्ने जानकारी गराउँदै अत्यन्त हर्षका साथ सूचित गरिन्छ। आधुनिक प्रविधिको प्रयोगमार्फत अभिभावक, विद्यार्थी तथा सरोकारवालासँगको सहकार्य अझ सुदृढ बनाउने उद्देश्यले यो वेबसाइट तयार पारिएको हो।
विद्यालयको वेबसाइटमा निम्न जानकारी तथा सेवाहरू उपलब्ध हुनेछन्:
- विद्यालयको समाचार तथा सूचना
- परीक्षा तालिका र नतिजा
- भर्ना सम्बन्धी जानकारी
- शैक्षिक कार्यक्रम र पाठ्यक्रम
- अनलाइन आवेदन फारम
- सम्पर्क विवरण आदि
वेबसाइट ठेगाना: https://arunodayahss.edu.np/
सबै अभिभावक, विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालालाई वेबसाइटको उपयोग गरी विद्यालयसँग नियमित सम्पर्कमा रहन अनुरोध गरिन्छ।